काठमाडौं,
पुस ७ ।
सीडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘कोशौ टाढा’ सार्वजनिक भएको छ । माया भट्टराईको शब्द, डम्बर खापुङ सुब्बाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
एभरेष्ट ग्यालरीको निर्माण तथा बजार व्यवस्थापन रहेको उक्त भिडियो निर्देशन सुनिशा बजगाइले गर्नुभएको छ । सनम कठायतसँगै डेब्यु निर्देशक सुनिशाको अभिनय रहेको छ भिडियोमा ।
चितवन क्षेत्रमा छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा समाजको यथार्थपरक विषयलाई उठान गरिएको छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।






