काठमाडौं,
पुस ७ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग-अलग बैठक डाकेका छन् । दुबै पक्षले आफूले बोलाएको केन्द्रीय कमिटी बैठक नै आधिकाारिक भएको तर्क गरेका छन् । आजको बैठकबाट एक अर्कालाई अनुसाशनको कारबाही गर्दै पार्टीबाट निष्काशन गर्ने दुबै पक्षको तयारी छ ।
ओली पक्षले आज बिहान ९ बजे प्रधानमन्नी निवास वालुवाटारमा केन्द्रिय कमिटि बैठक बोलाएको छ भने प्रचण्ड पक्षले कार्की पार्टी प्यालेस बबरमहलमा दिउँसो १ बजे बैठक बोलाएको छ ।
नेताहरूले राजनीतिक रुपमा पार्टी विभाजन भइसकेको र विभाजनले कानुनी औपचारिकता पाउन मात्र बाँकी रहेको बताउँदै आएका छन् ।






