लायन्स क्लब इन्द्रावतीद्वारा बुद्धिष्ट बालगृहका बालबालिकालाई निःशुल्क भोजन

देवकी न्यौपाने
काठमाडौं,
पुस ५ ।

प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले सामाजिक सेवा कार्यमा लायन्स क्लब इन्द्रावतीले उल्लेख्य कार्य गर्दै आइरहेको धन्यवाद दिँदै बालबालिकाको क्षेत्रमा समेत माया, स्नेह प्रेम र सद्भाव बाँड्ने कार्यमा अग्रसर रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।  पुस २ गते जोरपाटीस्थित बुद्धिष्ट बालगृहमा आयोजित कार्यक्रम प्रमुख अतिथि भुसालले सो कुरा बताउनु हो ।

लायन्स क्लब इन्द्रावतीका चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेतको सभापतित्व एवम् लायन्य क्लबका रिजनल चेयरपर्सन सुष्मा कोइरालाको विशेष आतिथ्यतामा सो कार्यकम्र सम्पन्न भएको थियो ।

कार्यक्रममा बालगृह महासंघ नेपालका केन्द्र अध्यक्ष सीतादेवी मैनाली, प्रेस काउन्सिल नेपालका सह-प्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायत उल्लेख्य उपस्थिति रहेको थियो ।

लायन्स क्लब इन्द्रवतीका सेक्रेटर विशालप्रसाद पौडेल, र सदस्य बिबिका मल्ल धितालको जन्मोत्सव समेत बालगृहका भाइबहिनीसँगै बसेर मनाइएको थियो । साथै बालबालिकाहरुसँगै बसेर भोजनसमेत गरिएको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लब इन्द्रावतीको फष्ट भीपी मदनकृष्ण सिलवालले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार