नरेन्द्र प्यासीको स्वरमा ‘एउटै कथा हो जिन्दगी…’ (भिडियोसहित)

काठमाडौं,
पुस ५ ।

नरेन्द्र प्यासीको स्वरमा रहेको गीत ‘एउटै कथा हो जिन्दगी…’ सार्वजनिक भएको छ । पैसाको लागि जे पनि गर्न सक्ने मान्छे र त्यही मान्छे भित्र पनि मन, माया हुन्छ भन्ने तथा मान्छेका बिभिन्न चरित्रलाई चित्रण गर्न खोजिएको सार्वजनिक गीतको भिडियोमा बिकास लामिछाने र प्रिया न्यौपानेको अभिनय देख्न सकिन्छ ।

कुमार मिश्रको शब्द रचना रहेको गीतमा गायक नरेन्द्र प्यासीकै सङ्गीत रहेको छ । बिक्रम कुमार भुजेलको एरेञ्ज रहेको गीतलाई कुमार के सिले मिक्सिङ मास्टरिङ गरेका छन् । प्रकाश धितालले निर्देशन रहेको भिडियोमा उत्सव दाहालले छांयाकन र बिकास दाहलको सम्पादन छन् । भिडियोलाई के के अक्टेभको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार