‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बने नेपालका सन्तोष साह

काठमाडौं,
मंसिर ३ ।

नेपालका सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेका छन् । ग्रयाण्ड फाइनलमा पाल्पाली ढाकाटोपीमा सजिएका ३५ वर्षीय सन्तोषले नेपाली परिकारहरु पस्किएका थिए । उनले अन्तिम राउण्डमा भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकार चरेशको थालमा सजाएर पस्किएका थिए ।

सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायतका खानाहरूबनाएर विश्मा नै नेपाली खानालाई परिचित गराएका छन् ।

सिराहाको कर्जन्हामा जन्मेका उनले बेलायतमै बसेर सेफको रुपमा काम गरेका छन् । यस प्रतियोगिताको उपाधि भने बेलायतका २५ वर्षीय आलेक्स वेबलले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि जितेका हुन् ।

संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफले भाग लिएको प्रतिस्पर्धामा ‘ग्रयाण्ड फिनाले’ सम्म पुगेका नेपालका सन्तोष उपविजेता बनेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार