थप ७३६ जनामा कोरोना संक्रमण, ८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु

काठमाडौं,
पुस १ ।

बुधबार थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । थप ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या दुई लाख ३९ हजार ४१६ पुगेको छ । पछिल्लो समय थप पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण भएको छ ।

देशभर नौ हजार ७५७ कुल सक्रिय संक्रमितमध्ये ६ हजार ९४ जना होम आइसोलेसनमा छन् । बाँकी तीन हजार ६६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । बागमती प्रदेशमा मात्र तीन हजार २५५ जना संक्रमित होम आइसोलेसनमा छन् । प्रदेश १ मा ३१३, प्रदेश २ मा ४४, गण्डकी प्रदेशमा ९६८, लुम्बिनी प्रदेशमा ७९८, कर्णालीमा १०७ र सुदूरपश्चिममा ६०९ जना संक्रमित होम आइसोलेसनमा छन् ।

बुधबार ३४८ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २८९ जना आइसियु र ५९ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा ३७ आइसियु र सात भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र दुई भेन्टिलेटरमा बागमती प्रदेशमा १०४ आइसियु र २५ भेन्टिलेटरमा, गण्डकीमा ८२ आइसियु र १३ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४३ आइसियु र ६ भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आइसियु र चार जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ६ आइसियु र दुई जना भेन्टिलेटरमा उपचाररत छन् ।

बुधबार उपत्यकामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९४, ललितपुरमा ७७ र भक्तपुरमा २० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा कुल संक्रमितको संख्या एक लाख १६ हजार ९४२ पुगेको छ । हालसम्म काठमाडौंमा कुल संक्रमितको संख्या ९३ हजार ७९६, ललितपुरमा १४ हजार ५९८ र भक्तपुरमा आठ हजार ५४८ जना पुगेको छ ।

यस्तै बुधबार इलाममा एक, उदयपुरमा एक, ओखलढुंगामा चार, झापामा ११, पाँचथरमा एक, भोजपुरमा एक, मोरङमा १४, संखुवासभामा १३, सुनसरीमा १९, धुनषामा ६, पर्सामा नौ, बारामा दुई, महोत्तरीमा एक, सर्लाहीमा दुई, काभ्रेमा आठ, चितवनमा १६, दोलखामा तीन, धादिङमा सात, नुवाकोटमा १६, मकवानपुरमा १३, रसुवामा तीन, रामेछापमा एक, सिन्धुपाल्चोकमा दुई, कास्कीमा ४५, गोरखामा १४, तनहुँमा सात, नवलपरासी पूर्वमा एक, पर्वतमा दुई, लमजुङमा ६, बागलुङमा चार, स्याङजामा पाँच, अर्घाखाँचीमा पाँच, कपिलवस्तुमा दुई, गुल्मीमा पाँच, दाङमा पाँच, नवलपरासीमा दुई, पाल्पामा आठ, प्यूठानमा ६, बर्दियामा चार, बाँकेमा २२, रुकुम पूर्वमा एक, रोल्पामा दुई, रुपन्देहीमा २५, सुर्खेतमा दुई, अछाममा २५, कैलालीमा एक, डडेल्धुरामा एक र बझाङमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ७४३ पुगेको छ । यसअघि मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार