काठमाडौं,
मंसिर ३० ।
चलचित्र ‘माया बस्छ कि के हो’ को फष्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ । राजु अधिकारीको निर्देशनमा बनेको चलचित्रको राजधानीमा मंगलबार आयोजीत पत्रकार भेटघाटमा फस्र्टलुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको हो ।
नवअभिनेता सोनाल तामाङ र नवअभिनेत्री कस्मता निरौला प्रमुख भूमिकामा रहेको चलचित्रको पोस्टरमा उनीहरूलाई नै फोकस गरिएको छ । शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको चलचित्रको कथा आरती अधिकारीले लेखेकी हुन् । हल खुलेपछि प्रदर्शन मिति तय गरिने चलचित्रको एसोसिएट डिरेक्टरमा आशुतोष अधिकारी र मुख्यसहायक निर्देशकमा दीपक अधिकारी छन् ।
कार्यक्रममा निर्देशक अधिकारीले आफूहरू गुणस्तरिय चलचित्र निर्माणको पक्षमा रहेको बताउदै ‘माया बस्छ कि के हो’ उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको दावी गरे । उनले कथाको मागअनुसार नै चलचित्र बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डका बिभिन्न स्थानमा छायाँकन गरिएको जानकारी दिए । त्यसैगरी, प्रस्तुतकर्ता शरदले बिशेषत युवा पुस्तालाई लक्षित गरिएको भए तापनि ‘माया बस्छ कि के हो’ ले आम दर्शकको मन छुनेमा आशावादी रहेको बताए ।
डेब्यु अभिनेता सोनालले आफूले भरपुर मिहीनेत गरेको बताउदै यो चलचित्रले आफूलाई अभिनेताका रुपमा स्थापीत गराउने बिश्वास ब्यक्त गरे । अभिनेत्री कस्मताले पनि ‘माया बस्छ कि के हो’ बाट आफूले अभिनेत्रीका रुपमा माया पाउने आशा ब्यक्त गरिन् ।
चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उनले सरकारले छिट्टै नै हल खुलाउने तयारी गरिरहेको जानकारी दिदै फिल्म र टिमलाई शुभकामना ब्यक्त गरे । कार्यक्रममा चलचित्र निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेती, महासचिव जनकदीप पराजुलीलगायतले पनि चलचित्रलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
प्रेसमिटमा प्रदर्शन गरिएको ‘माया बस्छ कि के हो..’ बोलको शीर्ष गीत शुक्रबार साइराम पिक्चर्सको युट्यवमार्फत सार्वजनीक हुने जानकारी दिइएको छ । अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको सो गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । रामजी लामीछानेले कोरियोग्राफी गरेको गीतमा सोनाल र कस्मतालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । गीत बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डका बिभिन्न स्थानमा रबिन्द्र बरालले खिचेका हुन । बिपीन मल्लले सम्पादन गरेको चलचित्रमा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् । जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित चलचित्रको बितरण आरआर फिल्मस्ले गर्नेछ ।






