काठमाडौं,
मंसिर २८ ।
आइतबार थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ । पछिल्लो समय थप पाँच हजार १८१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ । आइतबार थप एक हजार ५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या दुई लाख ३५ हजार ७३१ पुगेको छ ।
आइतबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । कुल सक्रिय संक्रमितमध्ये ६ हजार २३२ जना संक्रमित होम आइसोलेसनमा छन् भने बाँकी चार हजार ७६२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । यसअघि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या शनिबार ६ हजार ९३२ र शुक्रबार सात हजार ३४१ थियो ।
आइतबारसम्म ३४६ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपताररत छन् । २९४ जना आइसियु र ५२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३९ आइसियु र १० भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आइसियुमा, बागमती प्रदेशमा १०७ आइसियु र २४ भेन्टिलेटरमा, गण्डकीमा ८३ आइसियु र नौ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४६ आइसियु र चार भेन्टिलेटरमा, कर्णाली प्रदेशमा पाँच जना आइसियु र तीन जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा सात आइसियु र दुई जना भेन्टिलेटरमा छन् । यसअघि शनिबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३०३ थियो ।
आइतबार काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन् । हालसम्म काठमाडौंमा मात्र ९२ हजार ९४६, ललितपुरमा १४ हजार ३८२ र भक्तपुरमा आठ हजार ४५२ जना संक्रमित भएका छन् ।
यस्तै आइतबार इलाममा दुई, झापामा २०, ताप्लेजुङमा दुई, तेह्रथुममा तीन, धनकुटामा एक, पाँचथरमा एक, भोजपुरमा दुई, मोरङमा ३८, संखुवासभामा दुई, सोलुखुम्बुमा एक, सुनसरीमा १०, धुनषामा एक, महोत्तरीमा एक, रौतहटमा एक, सप्तरीमा एक, काभ्रेमा एक, चितवनमा १९, धादिङमा पाँच, नुवाकोटमा ६, मकवानपुरमा पाँच, रसुवामा पाँच, रोमछापमा तीन, सिन्धुपाल्चोकमा एक, कास्कीमा ५३, गोरखामा तीन, तनहुँमा १३, नवलपरासी पूर्वमा सात, पर्वतमा तीन, म्याग्दीमा एक, लमजुङमा नौ, बागलुङमा ६, स्याङजामा पाँच, अर्घाखाँचीमा चार, कपिलवस्तुमा एक, गुल्मीमा तीन, दाङमा १६, पाल्पामा नौ, प्यूठानमा एक, बर्दियामा एक, बाँकेमा सात, रुकुम पूर्वमा एक, रोल्पामा एक, रुपन्देहीमा २३, कालिकोटमा दुई, दैलेखमा ६, रुकुम पश्चिममा आठ, सल्यानमा ६, सुर्खेतमा १८, अछाममा १५, कञ्चनपुरमा ४१, कैलालीमा ६२, डडेल्धुरामा एक, डोटीमा १४, दार्चुलामा एक, बझाङमा नौ र बैतडीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार थप नौ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार ६९८ पुगेको छ । यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो ।






