काठमाडौं,
मंंसिर २८ ।
विभिन्न म्युजिक भिडियो, टेली सिरियल र चलचित्रका छायाँकनमा ब्यस्त रहिरहने प्रोडक्शन डिजाईनर यमप्रसाद ओली शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्मानित हुनुभएको छ । बिगत लामो समयदेखि सामाजिक क्रियाकलापमा सक्रियहुँदै कलाकारिता एवम् समाजसेवामा आफ्नो आर्थिक, नैतिक, भौतिक रुपमा उहाँले योगदान पुर्याएको मुल्याङ्कन गर्दै एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.ले ओलीलाई सम्मान गरेको हो ।
चलचित्र, भिडियो र बिज्ञापन निर्माणको काममा ब्यस्त भइरहने प्रोडक्शन डिजाईजर यमप्रसाद ओली सरकारले लकडाउन खुकुलो बनाउना साथ आफ्नो कार्यलाई निरन्तरता दिदैआईरहनु भएको छ । उहाँ हाल पूर्ननिर्माण भईरहेको धरहरा सम्बन्धि ‘भिमसेन थापा धरहरा पुन निर्माण एक बृत्तचित्र’मा ब्यस्त हुनुहुन्छ ।
झण्डै डेढ दशकदेखि पर्दा बाहिर रहेर प्रोडक्सन डिजाइनरको भुमिका निर्वाह गर्दै आउनुभएका ओलीले नेपालीमात्र नभएर बलिउड र हलिउडका चलचित्रको प्रोडक्सनको जिम्मेवारीसमेत निभाईसक्नु भएका छ । जोनी जेन्टलम्यान, प्रोडुसर, स्कुल, सुखानी, होस्टेल रिटर्नस, बिजुली मेसिन, आभास, पुरानो बुलेट, होस्टेल, सहादत, रिलेसन, रुदाने लगायतका चलचित्रमा काम गरिसक्नु भएका ओली अन्य बिभिन्न संघ, संस्थाबाट पनि सम्मान र पुरस्कृत भइसक्नुभएको छ ।
पर्दामा भन्दा पर्दा बाहिर रहेर काम गर्ने प्राबिधिकहरूको भूमिकालाई महत्वपूर्ण ठानी यसरी सम्मानित हुन पाउँदा आफूमाथि थप जिम्मेवारी बढेको महशुस भएको र आगामी दिनमा पनि चलचित्रकर्मसँगै मानवसेवामा समेत सकृय रहिरहने उहाँले बताउनुभयो ।






