कविता : रुन नपरोस् बुहारी

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
मंसिर २७ ।

बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकि प्यारी
छोरीचेली नयाँ घर सम्हाल्न जानैपर्ने
रीतिरिवाजलाई निरन्तरता दिदै
बैबाहिक बिधिबिधान सम्पन्न गर्दै
समाज अग्निसाक्षी राख्दै
भइन अर्को घरको बुहारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदिबैनिकी प्यारी
उनकै जस्तो सुखसयलमा हुर्किएकी
आधुनिकताको रङ्गमा
आवश्यकता भन्दा बढी रङ्गीएकी
बुहारीकि नन्द
सासू ससुराकि छोरी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदिबहिनी को प्यारी
गृह प्रवेशको केहिदिन नबित्दै
हत्केलामा बिहेको मेंहदी लालिमा
धमिलो नहुँदै
सासुले घरको कामधन्दा गर्ने
नबीनतम काइदा सिकाउदै
बुहारीमाथी लादिन भान्साको जिम्मेवारी
घर आङ्गनदेखी लुगा सरसफाइको भारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदीबहिनीकि प्यारी
झिसमिसेमै पतिको अङ्गालोबाट निस्केर
जतिसुकै चिसोमा नुहाइदुवाइ
चोखो बनेर
घरपरिवारको सेवामा बुहारी जुटनुपर्ने
नन्दाले भने आफूले खाएपिएका
जुठो भाँडासमेत माझ्न नपर्ने
बिहान ९ बजेसम्म सुत्नुपर्ने
यतिमात्र होइन
अनेक निहुँ खोजेर
भाउजुको चित्त दुखाउन थालिन
विभिन्न ताना मारी मारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदिबहिनीकि प्यारी
सासूले सचेतना राख्नुपर्छ
कर्मफल भोग्न तयार रहनुपर्छ
कतै आउँछ कि बुहारी सताएका दिन
आफ्नी छोरीको जिन्दगीमा
कुसाइत कुनै पारी
रुन नपरोस परिवारकी बुहारी
बाबा आमाकी दुलारी
दाजुभाइ दिदिबहिनी कि प्यारी !!

यसमा तपाइको मत

अन्य समाचार