थप १३ सय ८२ जनामा कोरोना पुष्टि, १६ सय २१ संक्रमणमुक्त, २३ जनाको निधन

काठमाडौं,
मंसिर २३ ।

मंगलबार थप एक हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप आठ हजार ९४७ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन् भने थप एक हजार ६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख २९ हजार ५४ पुगेको छ ।

देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमितमध्ये आठ हजार ४७ जना होम आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा चार हजार ५८० जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा एक हजार ११५, प्रदेश २ मा १६२, लुम्बिनी प्रदेशमा एक हजार १०२, सुदूरपश्चिम प्रदेशमा ६३५, गण्डकी प्रदेशमा ३६९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा छन् ।

मंगलबार देशभर ४१२ जना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ५३ जना भेन्टिलेटरमा र ३३२ जना संक्रमित आइसियूमा उपचाररत छन् । आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३८ जना आइसियू र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५६ जना आइसियू र दुई जना भेन्टिलेटरमा, प्रदेश १ मा ३८ जना आइसियू र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा नौ आइसियू र दुई जना भेन्टिलेटरमा, सुदुरपश्चिममा सात आइसियू र दुई जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ आइसियू र आठ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा नौ जना आइसियूमा उपचाररत छन् । यसअघि सोमबार ३८५, आइतबार ३६८, शनिबार ३५७ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत थिए ।

काठमाडौं उपत्यकामा मंगलबार थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४१३, ललितपुरमा ११३ र भक्तपुरमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा एक लाख १३ हजार ४९८ जना व्यक्ति संक्रमित भएका छन् । हालसम्म काठमाडौंमा मात्र ९१ हजार १८४ जना, ललितपुरमा १४ हजार १७ र भक्तपुरमा आठ हजार २९७ संक्रमित भएका छन् ।

यस्तै मंगलबार इलाममा ६, उदयपुरमा दुई, ओखलढुंगामा दुई, झापामा २५, धनकुटामा एक, पाँचथरमा चार, मोरङमा ५५, सुनसरीमा ७५, सोलुखुम्बुमा तीन, संखुवासभामा नौ, धुनषामा पाँच, पर्सामा एक, रौतहटमा दुई, सप्तरीमा नौ, सर्लाहीमा दुई, सिरहामा ६, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा एक, मकवानपुरमा ६, रसुवामा दुई, रामेछापमा चार, सिन्धुपाल्चोकमा नौ, कास्कीमा ९६, गोरखामा ६, तनहुँमा आठ, नवलपरासी पूर्वमा २४, पर्वतमा दुई, लमजुङमा सात, बागलुङमा ११, स्याङजामा सात, अर्घाखाँचीमा चार, कपिलवस्तुमा एक, गुल्मीमा १४, दाङमा १५, नलवपरासीमा ६, पाल्पामा १५, बर्दियामा १४, बाँकेमा ३६, रोल्पामा एक, रुपन्देहीमा ५१, कालिकोटमा एक, रुकुमपश्चिममा तीन, सल्यानमा एक, सुर्खेतमा दुई, हुम्लामा एक, अछाममा सात, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा चार, डोटीमा एक, बझाङमा आठ, बाजुरामा दुई र बैतडीमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुने संक्रमितको सख्ंया एक हजार ६३७ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार