काठमाडौं,
मंसिर २१ ।
गायक तथा सङ्गीतकार खगेन्द्र यक्सो लिम्बुको शब्द र स्वरमा रहेको गीत ‘जाउँ डाँडै काटेर…’ सार्वजनिक भएको छ । खगेन्द्रसँगै र श्रेयसी चेम्जोङको स्वर तथा नयन सुब्बाको सङ्गीत र टेकेन्द्र यक्साको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
खगेन्द्रले नै निर्देशन गरेको गीतको योगेन्द्र राई र सिता तुम्बाहाङ्फेको अभिनय छ । पूर्वको पर्यटकिय स्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्माको प्राकृतिक सुन्दरताको दृष्यलाई कैद गरिएको भिडियोको छायाँकन र सम्पादन मेघराज मग्रातीले गरेका छन् ।






