✍️ लिना बानियाँ
काठमाडौं
मंसिर २१ ।
अभियान भित्रै हिंसा को ओइरो
कथित समाजको कुन रुप यस्तो
जता जाउँ, जुन ठाउँ नारी मारिन्छे
के पाउॅंन खोज्छ समयले यस्तो ।
शदियौंदेखि पिल्सेको जीवन
खुलेर दुइ पल बाँच्न पायन
कोही त आउ लियर न्याय
कहीले कसैमा त्यो मन भयन ।
निस्कने पिडा कण्ठमै दबाई
चलाएकी छिन सृष्टि तैपनि पुगेन
सहदा सहदै त्यही नियति बन्यो
तैपनि समाजले कहीले बुझेन ।
कदम कदममा शरीरलाई डर
गिद्ध र हुँडार पसेका छन् गाउँमा
कसलाई गुहारुन मागी संरक्षण
आफ्नै नै भक्षक भएको यो ठाउँमा ।
राज्य नै सारा बिचरा ठान्दछ
अधिकारका कुरा भिख दिए जस्तो
थुन्दछ कान राखेर धमण्ड
पिडा र चित्कार नसुने जस्तो ।
कहाँ छन् आवाज कहाँ छन् साथ
निक्सन अब त के हेरछौ जात
जोगाऊ अनि जोगिउन सबै
नदेखाई कुनै पुरुषत्वको धाक ।






