काठमाडौं,
मंसिर २० ।
शनिबार थप एक हजार २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या दुई लाख २४ हजार ५३ पुगेको छ । पछिल्लो समय ६ हजार ७४ जना पिसिआर परीक्षण गरिएको थियो । योसँगै हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ ।
कुल १४ हजार २५५ सक्रिय संक्रमितमध्ये नौ हजार २६३ जना होम आइसोलेसनमा रहेका छन् । बाँकी चार हजार ९९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । प्रदेश १ मा एक हजार ६०२, प्रदेश २ मा २१४, बागमती प्रदेशमा पाँच हजार २६४, गण्डकी प्रदेशमा २६५, लुम्बिनी प्रदेशमा एक हजार ३१५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५२६ जना संक्रमित होम आइसोलेसनमा छन् ।
शनिबारसम्म ३५० बढी कोरोना संक्रमित अस्पतालको आइसियू र भेन्टिलेटरमा छन् । ३१२ जना आइसियू र ४५ भेन्टिलेटरमा गरी ३५७ जना संक्रमित आइसियू र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । आइसियू र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । बागमतीमा ११२ जना आइसियू र २४ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा ३० आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा १० जना आइसियू र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८० आइसियू र सात जना भेन्टिलेटरमा, लुम्बिनीमा ६३ जना आइसियू र पाँच जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १० जना आइसियूमा र सुदूरपश्चिम प्रदेशमा सात जना आइसियू र दुई जना भेन्टिलेटरमा छन् ।
यस्तै शनिबार काठमाडौं उपत्यकामा ४३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै काठमाडौंमा मात्र ९० हजार ७७ जना संक्रमित पुगेका छन् । ललितपुरमा १३ हजार ७६३ र यस्तै भक्तपुरमा आठ हजार १३६ कुल संक्रमित पुगेका छन् ।
यस्तै शनिबार इलाममा ६, उदयपुरमा एक, ओखलढुंगामा एक, खोटाङमा एक, झापामा ३९, ताप्लेजुङमा दुई, मोरङमा चार, सुनसरीमा २८, सोलुखुम्बुमा चार, धुनषामा १८, पर्सामा १५, बारामा दुई, महोत्तरीमा दुई, रौतहटमा दुई, सप्तरीमा दुई, सर्लाहीमा तीन, सिरहामा चार, काभ्रेमा २९, चितवनमा ११, दोलखामा सात, धादिङमा आठ, नुवाकोटमा ४६, मकवानपुरमा १५, रसुवामा चार, रामेछापमा ६, सिन्धुलीमा १४ सिन्धुपाल्चोकमा दुई, कास्कीमा ४५, तनहुँमा नौ, नवलपरासी पूर्वमा दुई, पर्वतमा दुई, म्याग्दीमा दुई, लमजुङमा १५, बागलुङमा १४, स्याङ्जामा चार, अर्घाखाँचीमा एक, कपिलवस्तुमा ११, गुल्मीमा एक, दाङमा ११, नलवपरासीमा पाँच, पाल्पामा पाँच, प्यूठानमा दुई, बर्दियामा नौ, बाँकेमा २०, रोल्पामा दुई, रुपन्देहीमा ४१, जुम्लामा चार, दैलेखमा तीन, अछाममा ३५, कञ्चनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा चार, डोटीमा दुई, दार्चुलामा तीन, बझाङमा ११ र बैतडीमा तीन जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ५७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।






