कविता : मैले खोजेको मानिस

✍️ पेशल आचार्य
काठमाडौं,
मंसिर २० ।

अहिलेको समय खराब छ
भत्काएर सबैसबै
संस्कृतिहरु
च्यातेर सबैसबै
संहिताहरु
मानिसले गर्न खोजेको के हो ?

आफ्नो बिरानो
नचिनेर
सबका सब उल्टापुल्टा गरेकै छ
हुने नहुने बोलेकै छ
कतै प्रेमको बहुमतमा
आनन्दको राज्यको
शान्ति सुरक्षा खल्बल्याएर
कतै भीषण अहम प्रदर्शन गर्दै
व्यवहारका तोरीबारीहरु फाँडेर
देश दुनियाँलााई हँसाउँदै
विश्व परिवेशमा एक्लिँदै
तिमी मानव मसिहा बन्यौ
मान्छे बनेनौं,

मलाई एउटा सामान्य र असल मानिस
चाहिएको थियो
तिमीले त्यो परिचयको पर्दा उठाएर
हिजो पनि छिचरोपन देखायौ
आज पनि जब्बर व्यववहार ग¥यौ
लगभग तिमी मानिस
र मेरो खोजीको असल मानिस बनेनौं,

मलाई त
माया गर्ने
हाँस्ने, खेल्ने, खाने, रुने र सहयोग गर्ने
मानिस नै यो धर्तीभरि चाहिएको छ,

संसारमा
यति धेरै मानिसहरु छन्
तर पनि म एउटा असल मानिस खोजिरहेको छु ।

यसमा तपाइको मत

अन्य समाचार