काठमाडौं,
मसिंर १६ ।
एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको ‘मिसेस तामाङ नेपाल २०२०’ को अडिसन सम्पन्न भएको छ । तामाङ समुदायका बिवाहित महिलाको कला संस्कृति तथा भाषालगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्दश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, समाजसेवी रोबिन तामाङ, निर्देशक तथा कलाकार रोशन फ्युबा, कलाकार समिर तामाङ, मिसेस तामाङ २०१६ शान्ति तामाङ, मिसेस तामाङ २०१८ पाल्साङ तामाङलगायत निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको हो । सामाखुशी स्थित स्काई रेष्ट्रो एण्ड बैंकटमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट २५ जना भन्दा बढी प्रतियोगीहरुको उपस्थिती थियो ।
बिवाहित महिलाहरुमा क्षमता भएर पनि सधै पछि परेका तथा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलालाई लक्षित गर्दै उनीहरुको क्षमतालाई अभिबृदी गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको प्रबन्ध निर्देशक शान्ता लामाले बताइन ।
प्रतियोगिताका लागि छनौट हुनेलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यलगायत वरिष्ठ विज्ञबाट प्रतिस्पर्धिलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास, आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियोसमेत सहभागिता हुन पाउनेछन ।






