काठमाडौं,
मंसिर १६ ।
राजेश पायल राई र कल्पना राईको स्वरमा रहेको गीत ‘सम्झना भो गाउँ घरको…’ सार्वजनिक भएको छ । आफू जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन् । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा ग्रामिण परिवेशमा रहेका आम प्रेमील जोडिको भावनालाई देखाइएको छ । खोटाङ जिल्लाको विभिन्न पर्यटकिय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक संस्कार र संस्कृतिलाई जर्गेना गर्ने कार्यमा ‘सम्झना भो गाउँ घरको’ गीतले केही भएपनी मद्दत गर्नेमा आफू आशावादी भएको गीतकार जानुकाले बताइन ।
गंगराज राईको सङ्गीत तथा नोरवु शेर्पाको एरेञ्ज छ गीतमा । मुकेश हुमागाईँको छायाँकन, मानबहादुर थापाको सम्पादन तथा जसबहादुर याक्खाको निर्देशन भिडियोमा छ । भिडियोमा निर्देशक याक्खा जसु, समिक्षा याक्खा , कल्पना राई, सुरेन्द्र प्रकाश सुहाङ , पवित्रा राई लिम्बु , संजिव राई, पवन राई, हरिचन्द्र राई, यलम्बर राई, निला राई, सम्पुर्ण राई, विपना परियार, कृतिका राई र रुपमिला राईको अभिनय साथै बाल कलाकारको भुमिकामा एडरिना याक्खा, जष्टिन याक्खा साथै लुङमा लिम्वुको अभिनय छ ।






