धन किरणको ‘तिमी र म…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मंसिर १४ ।

धन किरण गुरुङकै शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ । अल्का गुरुङले निर्माण गरेको भिडियोमा धुर्ब दत्त र रिया लिम्बु फिचर्ड छन् । सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नवीन निरौलाको कलर संयोजन छ ।

डिजी प्रोडक्सनले निर्माण गरेको भिडियोमा जीवनको पलहरूमा आफूले सोचेको सपनाहरू सधै पुरा नहुन पनि सक्छ जस्तै आफूले बनाएको मित्रता अनि साथी पनि मायामा परिणत हुने धेरै भनाईहरू छन, तर केही परिस्थिती र समयको क्षणमा मायाको ठूलो आशा र भरोशाहरू निरासामा बदल्न पनि सक्ने जिन्दगीको चित्रण गरिएको छ । बेलायतका पहिलो नेपाली काउन्सलरसमेत रहेका गुरुङको थुप्रै गीत सार्वजनिक भइसकेका छन्।

यसमा तपाइको मत

अन्य समाचार