काठमाडौं,
मंसिर ११ ।
देशभर बिहीबार थप एक हजार ६१४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक हजार ४३७ जना कोरोन संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख नौ हजार ४३५ पुगेको छ ।
पछिल्लो समय नौ हजार ४९१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै १७ लाख जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय ६८० जना क्वारेन्टाइनमा छन् । संक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।
संक्रमितमध्ये १० हजार ५७५ जना होम आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा सात हजार ६१९ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा एक हजार ४५९, प्रदेश २ मा २८३, लुम्बिनी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा २४३, गण्डकी प्रदेशमा ५७० र कर्णाली प्रदेशमा ५७ जना होम आइसोलेसनमा छन् ।
बिहीबार देशभर ३८९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३३३ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३६ जना आइसियु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र दुई जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा चार आइसियु र एक जना भेन्टिलेटरमा, सुदुरपश्चिममा आठ आइसियु र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६८ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियुमा उपचाररत छन् । यसअघि बुधबार ४०८, मंगलबार ४५०,सोमबार ४२८, आइतबार ४२५ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए ।
बिहीबार काठमाडौं उपत्यकामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा एक लाख ६ हजार ३०२ जनामा कोरोना संक्रमण भएको छ ।
यस्तै बिहीबार इलाममा दुई, उदयपुरमा ६, ओखलढुंगामा एक, खोटाङमा दुई, झापामा ७६, धनकुटामा पाँच, पाँचथरमा तीन, भोजपुरमा तीन, मोरङमा १५३, संखुवासभामा दुई, सोलुखुम्बुमा एक, सुनसरीमा ४५, धुनषामा पाँच, पर्सामा एक, बारामा तीन, महोत्तरीमा चार, रौतहटमा एक, सप्तरीमा सात, सर्लाहीमा पाँच, सिरहामा चार, काभ्रेमा १५, चितवनमा ५२, दोलखामा चार, धादिङमा सात, नुवाकोटमा चार, मकवानपुरमा १७, रसुवामा एक, रामेछापमा पाँच, सिन्धुलीमा चार, सिन्धुपाल्चोकमा नौ, कास्कीमा ४०, गोरखामा आठ, तनहुँमा ११, नवलपरासी पूर्वमा ५१, पर्वतमा एक, वागलुङमा ६, स्याङजामा आठ, अर्घाखाँचीमा ११, कपिलवस्तुमा एक, गुल्मीमा सात, दाङमा ५७, नलवपरासीमा सात, पाल्पामा ११, प्यूठानमा तीन, बर्दियामा १०, बाँकेमा २३, रोल्पामा सात, रुपन्देहीमा ४१, जुम्लामा एक, दैलेखमा चार, रुकुम पश्चिममा एक, सल्यानमा चार, सुर्खेतमा पाँच, अछाममा एक, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा ६, बझाङमा १९ र बैतडीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १४ सय नाघेको छ । पछिललो समय २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ४१२ पुगेको हो । यसअघि बुधबार २८ जना संक्रमितको मृत्यु भएको थियो ।






