काठमाडौं,
मंसिर १० ।
गायक तथा सङ्गीतकार बिपिन घिमिरेको नयाँ गजल ‘खास लाग्न थाल्यौं…’ सार्वजनिक भएको छ । नारायणप्रसाद सापकोटा को शब्द, किरण कँडेलको सङ्गीत संयोजन र शम्भुकुमार तन्डुकारले मिक्सिङ रहेको गजल गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन् भने नायिकको रुपमा गायिकाको परिचय बनाएकी मोडल सरिता भारती छिन् ।
भिडियोमा यी दुईको अभिनय अब्बल बनेको छ । डेढ दर्जन भिडियोमा मोडलिङ गरिसकेकी गायिका भारती पनि सङ्गीतकार तथा गायक विपिन घिमिरेबाटै प्रशिक्षित हुन् ।
एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । भिडियोमा रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ । हुन् ।






