काठमाडौं,
मंसिर ७ ।
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘यो माया के हो’ सार्वजनिक भएको छ । रामकृष्ण महराको शब्द, मनकुमार (शिवराज)को सङ्गीत तथा नारायण दंगालको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
वियोगान्त प्रेम कथामा आधारित भिडियोमा केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र जीवन शाहीको निर्देशन छ । भिडियोका निर्माता गोविन्दप्रसाद साह हुन् । ओएसआर डिजिटलमार्फत भिडियो सार्वजनिक भएको हो ।






