थप १९ सय ४५ जनामा कोरोना संक्रमण

काठमाडौं,
मंसिर ५ ।

शुक्रबार थप एक हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सहित कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । यस्तै थप पाँच हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख ९१ हजार दुई पुगेको छ । देशभर २४ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन् ।

थप १० हजार ३४० जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पिसिआर गरिएको छ । मन्त्रालयका अनुसार हाल ७५३ जना क्वारेन्टाइनमा छन् । थप १९ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् । शुक्रबार २४ हजार ६६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३६२ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा दुई हजार ६१२, प्रदेश २ मा ६५८, लुम्बिनी प्रदेशमा एक हजार ४७०, सुदूरपश्चिम प्रदेशमा ६७७, गण्डकी प्रदेशमा दुई हजार १२० र कर्णाली प्रदेशमा ११५ जना होम आइसोलेसनमा छन् ।

यस्तै शुक्रबार ४६६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४०३ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५९ जना आइसियु र पाँच जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै सुदुरपश्चिममा सात आइसियु र एक जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८८ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियुमा उपचाररत छन् । यसअघि बिहीबार ४४२, बुधबार ३८०, मंगलबार ३५६ जना आइसियु र भेन्टिलेरमा उपचारत थिए ।

काठमाडौं उपत्यकामा थप एक हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका छन् । काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा सात हजार ३३६ जना संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन् ।

यस्तै शुक्रबार इलाममा दुई, उदयपुरमा सात, ओखलढुंगामा ६, झापामा ३३, धनकुटामा दुई, पाँचथरमा एक, भोजपुरमा एक, मोरङमा २०, संखुवासभामा ३४, सोलुखुम्बुमा तीन, सुनसरीमा ५५, धुनषामा २४, पर्सामा एक, बारामा सात, महोत्तरीमा चार, रौतहटमा एक, सप्तरीमा दुई, सर्लाहीमा तीन, सिरहामा १७, काभ्रेमा ५४, चितवनमा ८७, दोलखामा १७, धादिङमा १४, नुवाकोटमा ११, मकवानपुरमा आठ, रामेछापमा ६, सिन्धुलीमा दुई, सिन्धुपाल्चोकमा ८८, कास्कीमा ८८, गोरखामा ११, तनहुँमा सात, नवलपरासी पूर्वमा १४, पर्वतमा एक, म्याग्दीमा एक, लमजुङमा ११, वागलुङमा पाँच, स्याङजामा सात, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा सात, गुल्मीमा चार, दाङमा ५१, नलवपरासीमा १९, पाल्पामा १५, बर्दियामा नौ, बाँकेमा आठ, रुपन्देहीमा ६०, कालिकोटमा एक, दैलेखमा दुई, रुकुम पश्चिममा एक, सल्यानमा ६, सुर्खेतमा दुई, अछाममा एक, कञ्चनपुरमा सात, कैलालीमा २४, डडेल्धरामा पाँच, डोटीमा एक, दार्चुलामा १९, बझाङमा दुई, बाजुरामा एक र बैतडीमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार २९८ पुगेको छ । यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार