पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं,
मंसिर ४ ।

पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर पब्लिकेशनमा आवद्ध पत्रकार गौतमको मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ बिहीबार उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उहाँ सोमबार अस्पताल भर्ना हुनुभएको थियो ।

शल्यक्रियाको क्रममा रक्तश्राव भइ उहाँको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उहाँले कला, साहित्य सम्बन्धी कलम चलाउँदै आउनु भएको थियो चलचित्र समीक्षा गर्ने पत्रकारको रुपमा परिचित हुनुहुन्थ्यो ।

गत वर्ष बैबाहिक जीवनमा बाँधिनुभएका गौतमको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनमा कलाकर्मी र सञ्चारकर्मीहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार