नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरीमा

काठमाडौं,
मङ्सिर २ ।

नेपाल र बङ्गलादेशबीचको दोस्रो खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । पहिलो हाफ सकिदा सम्म दुबै टोलीबाट कुनैपनि गोल नहुदा दोस्रो हाफ पनि गोलरहित बराबरीमा सकिएको हो ।

खेल अवधिमा दुवै टिमले केहि गोलका अवसर खेर फालेका थिए । आजको खेलमा नेपालले अघिल्लो खेलको तुलनामा केही राम्रो प्रदर्शन गरेको थियो ।

पहिलो खेलमा बङलादेशसँग २-० ले पराजित भएर खराब शुरुवात गरेको नेपालले आज खेल बराबरी खेलेसँगै मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज पनि गुमाएको छ । सिरिजमा १-० अग्रता लिदै घरेलु टोली बङलादेशले अन्तर्राष्ट्रिय फुटबल सिरिजको उपाधि जितेको छ ।

यसमा तपाइको मत

अन्य समाचार