‘चियाबारीमा…’ लिएर आए हरि (भिडियोसहित)

काठमाडौं,
कार्तिक २८ ।

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘चियाबारीमा…’ सार्वजनिक भएको छ । रानी शाक्यको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिक पनलाई निकै कलात्मक रुपमा समेटिएको छ । इलामको मनोरम दृश्यलाई भिडियोमा देखाईको छ । विकाश चौधरीको सङ्गीत गीतमा रहेको छ । मारुनी भाकामा रहेको गीतमा प्रेमका भावहरूलाई समेटिएको छ ।

ज्ञानु राईको छायाँकन, सुवाश लिम्बुको सम्पादन तथा उशा मलाहा (सिम्रन)को निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा रवीना प्रधान, सन्तु थापा मगर, भुपाल, बुढाथोकी र विक्रम धिमालको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार