काठमाडौं,
कार्तिक २५ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल देशका हिमाली भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको जनाएको छ । त्यस्तै देशका अन्य पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना उल्लेख गरेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ भने आज राती देशको पहाडी भू-भागको मौसममा आंशिक बदली रहनेछ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






