प्रताप र अस्मिताको स्वरमा ‘आउ माया साथैमा’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक २३ ।

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘आउ माया साथैमा’ सार्वजनिक भएको छ । गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दले निर्देशन गरेको डान्सिङ शैलीमा तयार गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । भिडियोमा माइकल सेट(अप एण्ड डान्स एकेडेमीको करियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पदान तथा कलर शिलन लम्सालले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार