शीर्ष नेतृत्वले इतिहासबाट पाठ सिक्दै अघि बढन जरूरी नै अहिलेको आवश्यकाता हो

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
कार्तिक २३ ।

यति बेला सवैको ध्यान सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा छ । यो पाटी विभाजन हुन्छ की एक ढिक्का भएर मिलेर जान्छ त्यो त अहिले यसै भन्न सकिने अवस्था छैन । धेरैले भन्छन, सत्तारूढ नेकपा विभाजनको संघारमा छ । तर, मैले यसरी ठोकेर भन्न सक्दिन । किन की नेकपा भित्र पटक–पटक झगडा हुने र अन्त्यमा मिलेर गएको देखेका छौ । यो पार्टी फुटनु हुँदैन भन्र्ने मेरो भनाई हो ।

किन की यो नेकपा मुलुकको सवै भन्दा ठूलो दल हो । यो पार्टी फुट्यो भने मुलुक गम्भिर सङ्कटमा फस्ने निश्चित छ । त्यसैले यो पार्टीलाई कुनै हालतमा फुटन दिनु हुँदैन । सबै शक्ति मिलेर यो पार्टी जोगाउनु पर्ने आबश्यकता देखिएको छ । तर, कसैलाई यो पार्टी फुटे हुन्थ्यो भन्र्ने पनि होला । ति तत्व भनेका मुलुकमा अस्थिरता निम्त्याउने र धमिलो पानीमा माछा मार्ने प्रवृतिका तत्व हुन् । ती तत्वहरूको सपना कुनै हालतमा पुरा हुन दिनु हुँदैन नेकपाले । नेकपा भावनात्मक रुपमा एक भएर जानुपर्छ । नागरिकको चाहना अस्थिरताको दुश्चक्रबाट मुलुकलाई मुक्त गर्ने हो र विकास र समृद्धिको यात्रा थाल्ने हो भने ।

नेकपाले सत्तास्वार्थको राजनीति छाड्नुपर्छ । राजनीतिलाई सेवाभावले हेर्नुपर्छ । त्यसो भयो भने लोभ लालच कसैलाई हुँदैन । लोभ र लालचले सबै कुरा बिगारेको छ । अव ओली–प्रचण्डबीच मिलेर जाने सहमति हुनुपर्छ । यो आम नेपाली जनताको चाहना हो । बिगतमा भएका सहमतिको कार्यान्वयन गरेर दुबै अध्यक्ष अघि बढनुपर्छ । अब केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु मिलेर अघि बढनुपर्छ । अहिले झगडा गर्ने बेला होइन, विश्व कोरोना सङ्कटमा छ । त्यसबाट हामी पनि अछुतो छैनौ । युरोपमा यसको दोस्रो लहर सुरु भइसक्यो । यो जाडो महिनामा अरू सङ्क्रामक हुने अनुमान गरिएको छ । अब चिसो बढ्दै छ । खोपको अझै टुङ्गो छैन । आए पनि त्यो सर्वसाधरण नेपाली जनताको पहुँचमा छैन । जनता त निरीह भएर बस्न बाध्य छन् । कोभिडका नाममा सरकारले गत तीन महिनामा चार अर्ब रुपैयाँ सकेको तथ्याङ्कले देखाउँछ ।

सरकारले कोभिडपीडित कुनै नागरिकको हेरचाह र उपचार केही गर्न सकिँदैन भन्न थालेको छ । बरु नेकपाको ध्यान यता तिर केन्द्रित हुन जरुरी छ । नेकपामा अहिले देखिएको झगडाको निकास खोजिनुपर्छ । नेकपाको खासगरी युवा पंक्तिले पार्टी फुटबाट जोगाउन बिशेष पहल गर्नुपर्छ । नेतृत्वको पहिचान भनेको सङ्कटका बेलामा हुने हो । धेरैलाई नेकपा फुट्न लाग्यो भनेर चिन्ता छ । नेकपा फुटोस् भन्ने कसैको कामना छैन । लोकतन्त्रबाहेक अर्को राजनीतिक व्यवस्थाको कल्पना गर्न सकिदैन । सत्तारूढ पार्टीभित्रको विवादमा सरकार र पार्टीलाई प्रभावकारी बनाउनुपर्छ भन्ने आशय कसैको देखिँदैन । घुमाइ-फिराइ कसरी सत्तामा जान सकिन्छ भन्नेमात्र देखिन्छ, यसरी कसैको हित हुँदैन ।

नेपालमा २०१५ सालमा बीपी कोइराला नेतृत्वको नेपाली काँग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेको थियो, जसलाई १८ महिनापछि राजा महेन्द्रले अपदस्थ गरे । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको बहुमतको सरकार काँग्रेसले नै ढाल्यो । त्यसबेला मुलुकको राजनीति मूलतः अस्थिर नैरह्यो, संयुक्त सरकारको गठन र विघटनका खेल सुरु भए । जसले गर्दा मुलुक गम्भिर सङ्कटमा फस्यो । त्यो स्थिती कुनै हालतमा आउन दिनु हुँदैन । सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बिगतको इतिहासबाट पाठ सिकून् ।

यसमा तपाइको मत

अन्य समाचार