राजेशपायल राई र निलम रोजु राईको स्वरमा ‘पूर्वै शहर’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक २२ ।

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको गीत ‘पूर्वै शहर’ सार्वजनिक भएको छ । निलमको सङ्गीत र आलोक चाम्लिङ राईको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरूको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलमा छायाँकन गरिएको छ ।

भिडियोको छायाँकन बेलायतमै बसेर लामो समयदेखि व्यवसायिक रुपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनरसमेत रहेका सुमन श्रेष्ठले गरेका हुन् ।

निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रङ्गमञ्च, केही टेलीशृङ्खल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् । केही टेलीशृङ्खलासमेत निर्देशन गरेका राई पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशकसमेत हुन् ।

यसमा तपाइको मत

अन्य समाचार