काठमाडौं,
कार्तिक २१ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको र यतिवेला देशका पहाडी भू–भागको मौसममा आंशिक बदली भएको उल्लेख गरेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ भने देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।






