✍️ डम्बर बिकेल
काठमाडौं,
कार्तिक १६ ।
तिमीसँगै हाँस्न मन छ, तिमीसँगै रुन मन छ
जुनी जुनी, सयौँ जुनी मलाई तिम्रै हुन मन छ ।
मुटु जल्छ, तिमीले कसैसँग बोले यो मुटु जल्छ
मुटु चल्छ, तिमी छौ र त सधैँ मेरो यो मुटु चल्छ
तिमीसँगै फुल्न मन छ, तिमीसँगै झर्न मन छ
जुनी जुनी, सयौँ जुनी मलाई तिम्रै हुन मन छ ।।
हाँस्न पाऊँ, जीवनभरि तिम्रै साथमा हाँस्न पाऊँ
बाँच्न पाऊँ, हजारौँ चोला तिम्रै साथमा बाँच्न पाऊँ
तिमीसँगै बाँच्न मन छ, तिमीसँगै मर्न मन छ
जुनी जुनी, सयौँ जुनी मलाई तिम्रै हुन मन छ ।।






