✍️ लक्ष्मण बानियाँ
काठमाडौं,
कार्तिक १६ ।
न्यायालयको परिसमा
अन्याय भएको देख्दा
सत्य माथि असत्यको
रजाइँ चल्दै गएको देख्दा
यहाँ अन्याय र अत्याचार
धेरै बढे जस्तो लाग्छ
त्यसैले न्यायदिने चौतारो
आज कस्तो कस्तो लाग्छ ।
शान्तिपुत्रको जन्म भूमिमा
असान्ति भएको देख्दा
ऋषि मुनिको तपोभूमीमा
हिंसा हुदै गएको देख्दा
यहाँ असान्ति र हिंसा
धेरै बढेजस्तो लाग्छ
त्यसैले सुन्दर शाान्त देश
आज कस्तो कस्तो लान्छ ।
कुमारी र देबी पुजिने देशमा
नारी अस्मिता लुटिएको देख्दा
आदर्श नारीको जन्म भूमिमा
छोरिहरू कुटिएको देख्दा
पबित्र भूमिमा पापीहरू
धेरै बढेजस्तो लाग्छ
त्यसैले मन्दिरै मन्दिरको देश
आज कस्तो कस्तो लाग्छ ।
वीर भक्तिको जन्म भूमिमा
देशभक्ति हरायको देख्दा
पुर्खाको आर्जनलाई आफ्नैले
दुषित गराएको देख्दा
यहाँ बैरिहरुको सङ्ख्या
धेरै बढे जस्तो लाग्छ
त्यसैले आफ्नै जन्मभूमि
आज कस्तो कस्तो लाग्छ ।
इमान्दारीको सपथ खानेहरूबाट
बेइमानि भएको देख्दा
रक्षा गर्छु भन्नेहरूबाटै
बिनास भएको देख्दा
यहाँ इमान र बिश्वास
हराइसके जस्तो लाग्छ
त्यसैले बिश्वास र सम्बन्ध पनि
आज कस्तो कस्तो लाग्छ ।






