आइसोलेसनमा बितेको दशैँ, सोचेझैँ रहेनछ कोरोना

✍️ किरणप्रसाद अधिकारी
नुवाकोट,
कार्तिक १४ ।

बिश्व ब्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)ले नेपाललाई पनि अछुतो राखेन । यो भाईरसको आतङ्कले सबै आक्रान्त छन् ।कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गर्‍यो । हामी फ्रन्टलाईनमा काम गर्ने मान्छे भए पनि बचेर काम गर्दै गईयो । निरन्तर बचेर काम गर्दा गर्दै पनि कोभिड-१९ बाट म अछुतो रहन सकिन । अहिले म घरमा नै होम आईसोलेसनमा छु ।

लकडाउनको बीचमा पनि हल्का फ़ुल्का बिरामी नपरेको हैन तर पनि निको भए । लकडाउन र कोरोना भाईरसले गर्दा सबै काम ठप्प भएपछि अति नै गाह्रो अवस्था सिर्जना भयो । कतै बाट केही गर्न नसक्ने स्थिति भयो । तरपनि हैन गर्नुपर्छ भनेर आटियो तर सकिएन । कोरोना भाइरसले नेपालमा अति नै जरा फैलाई सकेको थियो । यहीबीचमा म केही दिन सबैबाट सम्पर्क बाहिर बस्छु भनेर केही समय सम्पर्क बिहिन भए । केही दिनपछि घर आए । सबै राम्रैचल्दै थियो । एक्कासी बिरामी भए ।

बिरामी हुनु र आफूलाई आशङ्का
असोजको २५ गतेदेखि रुघाखोकीको सङ्केत गर्‍यो । सामान्य रुघा खोकी हो । समय पनि यस्तै छ भनेर तातो पानी पिएर बसे । बिस्तारै रुघाखोकीले गाल्दै गएको अनुभब भयो । ज्वरो पनि आउन थाल्यो । असोज २७ गतेदेखि ज्वरोले सुतायो । लगभग तीन दिन जरो १०३ भन्दा माथि आयो । त्यसभन्दा अगाडी असोजको २० गतेदेखि नै शरीर दुख्ने, अल्छी लाग्ने भए पनि यो भाईरलले गर्दा हो भनेर वास्ता गरिन । तर, म त्यही दिनदेखि साथी भाई, आफन्त र घरमा पनि आफैँ टाढा हुनथालेको थिए । घरमा सबैले केही हुन्न भनेर हौसला प्राप्त नभएको हैन तर पनि आफू नै सुरक्षित हुनुपर्छ भनेर दुरी कायम गरे ।घरबाट सकेसम्म बाहिर निस्किन । आफू सुरक्षित हुनु पर्‍यो भनेर ।

मलाई डर पनि नभाको हैन दुई चोटी अप्रेसन गरेको मान्छे कोरोना भयो भने अवस्था के होला भने र तर पनि हिम्मत गर केटा भन्ने हुन्थ्यो ।कार्तिक को दुई गतेदेखि ज्वरो आउने, शरीर निक्कै दुख्ने, टाउको र आँखाको भाग दुख्न थाल्यो । यतिसम्म भयो कि रुन पर्ने नै बनायो । खानाको स्वाद नै हरायो ।जे खादा र जति मिठो चिज खादा पनि स्वाद हराउन थाल्यो । खाना खान बस्यो मिठो भएन भनेर खुर्सानी टोक्यो त्यसको स्वाद हराउन थाल्यो ।अब भने म भित्रि रुपमा मलाई कोरोना भएको निस्कर्षमा पुगे । तर पनि जाच्न गएको थिएन । ज्वरो तीन दिन पछि हरायो तर पनि ज्यान दुख्ने, टाउको दुख्ने, अनि स्वाद नपाउने हुन नछोडे पछि स्वाब दिने भन्ने कुरा भयो । अब भने मनमा एक किसिमको डर पैदा भयो ।

म निस्कर्षमा पुगे मेरो दशैँ यो पालि राम्रो हुँदैन । न जाचौ भने आफ्नो वडा र बिशेसगरी स्थानिय धेरै सङ्क्रमणको शिकार भएको जानकारी पनि आएको थियो । जब छिमेकमा नै सङ्क्रमण भएको कुरा आए पछि जाच्नपर्छ भनेर प्रक्रिया अगाडी बढाए ।कोरोना फैलिरहेको अवास्थामा पनि केही अस्पतालमा भर्नासमेत भएकोले पनि स्वाब दिनको लागि प्रेसर आयो ।

कार्तिक ३ गते स्वाब दिए पछिको अनुभब
जब म जाच्न मानसिक रुपमा तयार भए मैले जिल्ला स्वास्थ्यकार्यलयको सूचना अधिकृत उत्तम खनाल, बिदुर नगरपालिकाको जनस्वास्थ्य निरिक्षक दाजु रामराजा भण्डारी, बिदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रंजितसँग कुराकानी पश्चात म त्रिशुली अस्पताल गए कार्तिक ३ गते सोमबार । अस्पताल गएर अस्पताल प्रमुख डा. सुनिता केसीसँग फोनमा कुरा गरेर म स्वाब दिनको लागि नाम लेखाएर बसे । त्यो दिनसम्म पनि मलाई हल्का ज्वरो, स्वाद नहुने र आफ्नो नाक आफैँलाई गनाउने भएको थियो । स्वाब निकाल्न बस्दाको समय मनमा एक किसिमको डर हुने रहेछ ।स्वाब निकाल्न शुरु भयो म नै पहिलो नम्बरमा परे । म स्वाब निकाल्ने क्रममा रहेको देखेपछि किरण तिम्रो पनि स्वाब निकाल्न ला को हों भन्ने आवाज आयो ।आवाज चिने जिल्ला समन्वय समितिको संयोजक सन्तमान तामाङ दाई हुन हुन्थ्यो । स्वाब निकाल्दा गाह्रो हुने रहेछ । नाक पोल्दो रहेछ । पिडा पनि हुने रहेछ हल्का । स्वाब दिएपछि मनमा झन डर पैदा भयो । तीनदिन भित्र रिपोर्ट आउछ भन्ने थियो । रिपोर्ट आउने समय कुर्न अति नै गाह्रो भएको थियो ।

दशैँ पनि नजिक आएको कारण घरमा सबैलाई गाह्रो अवस्था भयो । जब मसंग एकै दिन स्वाब दिएका जिल्ला समन्वय समितिको संयोजक आदरणीय दाजु सन्तमान तामाङको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत थाहा पाए अब भने झन मनमा डर भयो । शुक्रबार कार्तिक ७ गते जिल्ला स्वास्थ्य कार्यालयमा फोन गरेर बुझ्दा मेरो पनि पोजेटिभ आएको थाहा भयो ।तर पनि अझै पत्यार लाग्दैन भने तपाईंको युजर नेम र पासवर्ड यो हो आफैँ हेर्नुहोस् भनेर भने पछि आफैँले हेरे पोजेटिभ नै रिपोर्ट देखेपछि एक छिन मन अतिनै दुखि भयो । रुन पनि मन लाग्यो । घरमा सबैलाई भनेर आफूलाई चाहिने सामान लिएर छुट्टै कोठामा एक्लै एकान्तबास बसे । मनमा अनेक कुरा खेल्न थाल्यो घरमा कसैलाई पनि मलाई जस्तो नहोस् भनेर । दशैँ मेरो अब आईसोलेसनमा बित्ने भयो भनेर । आफू सुरक्षित हुँदैघरमा सबैलाई सुरक्षित हुनु भनेर आईसोलेट भए ।

रिपोर्ट पोजेटिभ र दैनिकी
रिपोर्ट पोजेटिभ आएपछि मलाई आफू सुरक्षित भएर बसे पनि घर परिवारमा केही नहोस् भन्ने चिन्ता थियो । सबैलाई अझै सुरक्षित हुन भने।दशैँ आईसकेको थियो । चाडबाडको समय आफूलाई मनमा नरमाईलो भए पनि घरमा देखाउन हुँदैन भन्ने मनमा भए पनि नसकिने रहेछ ।बाबु आमालेआफ्नो सन्तानको पिडा गुम्सेको भए पनि बुझ्न सक्ने रहेछन । पतिको र बाबु पिडा पत्नी र बच्चाहरूले बुझ्ने रहेछन । बाबु आमा, पत्नी, बच्चाहरू, बाहिर रहेका बहिनीहरू, ज्वाईले समेत मनमा हौसला नदिएको हैन तर पनि अरुबेला भए त्यति पिडाबोध हुँदैन थियो होला चाडबाडको समय भएर होला अति नै पिडा बोध भएको छ र अझै पनि भईरहेको छ । पोजेटिभ रिपोर्ट आएपछि रूममा बसेर दैनिक रूपमा समाचार हेर्ने, गीतहरू सुन्ने, नयाँ-नयाँँ खोजगर्ने मा समय बित्दैछ । हेरौ अब एकहप्तामा रिचेक गर्दा के रिपोर्ट आउछ । अझै मनमा नरमाईलो लाग्दैछ । म भन्दा केही दिन अगाडी पोजेटिभ भएर बसेका छिमेकी, र साथीको सोमबार फेरी जाच्दा पनि पोजेटिभ आएपछि झन डर लाइरहेको छ ।

रिपोर्ट पोजेटिभ र सबै भन्दा पिडा बोध भएको समय
सबै कुरामा पोजेटिभ आउदा राम्रो हुने । योकुरामा नेगेटिभ आउदा राम्रो हुने । कस्तो समय आयो पोजेटिभ आउदा पनि मन खिन्न हुनुपर्ने । मन धेरै खिन्न पनि भयो । धेरै पिडा भयो । सबैभन्दा पिडाबोध सधै खाना खाने समयमा हुने रहेछ । कस्तो रोग आएको होला यो टाढाबाट थालमा खन्याउने, छोईएला कि जस्तो हुनपर्ने । अर्कै ग्रहबाट आएको प्राणि हो कि जस्तो हुनुपर्ने । सार्है पिडा हुन्छ यो बेला ।यही समयमा आएको दशैँको टिकाको दिन घरमा नै भएर पनि बाबु आमाको हात आफ्नो निधारमा न पर्दाको समयको पिडा म यहाँँ उल्लेख गर्न सक्दिन । अति नै पिडा भएको थियो ।

अर्को पिडा मेरो रिपोर्ट पोजेटिभ आएको भने पछि टिका लाउने मान्छे कोहि पनि आएनन । रामचन्द्र कोइराला, शितल कोइराला, हरिशरण प्याकुरेल दाजु बाहेक कोही घरमा टिका लाउन न आउदा पिडा भयो । के कोरोना देख्ने बितिकै सर्छ, अनि हावा बाट पनि सर्छ जस्ता प्रश्न मनमा उम्लिन थालेको छ ।तर पनि समय यस्तै हो भनेर मन बुझाउन कोशिस गर्दैछु । बहिनी ज्वाईहरूलाई आफैँले न आउनु भने किन कि टाढादेखि आउनु पर्ने र बच्चाहरू पनि भएका दिदी बहिनी लाई न आउनु नै भनेको छु ।

कोरोना सामान्य हैन, विचार गरौ, हल्लाको पछाडी नलागौ
जति पछि हुँदै गयो त्यति कोरोना केही हैन । यो सामान्य रोग हो । केही हुँदैन भनेर अफबाह फैलाउने कोशिस भएका छन् ।कोरोना केही होईन भनेर हल्ला गर्नेहरूलाई सङ्क्रमण भएको हामी थाहा पाएका छौ । कोरोना सङ्क्रमण नभएकोले जति हल्ला फैलाएका छन् । सङ्क्रमित भएकाहरू भन्छन यो सामान्य हैन । जसले यसको प्रतक्ष्य अनुभब नगरी कसैलाई थाहा हुन्न । कति पिडा हुन्छ भनेर । कसैले पनि घमण्ड नगरौ सजिलै जितिन्छ भनेर । ब्यालेन्स मिलाउन जाँदा सजिलो छ हैन भने गारो छ । अहिले अर्कोहल्ला आएको छ । सीटीभ्यालु बढी भयो भने कोरोना चाडो ठिक हुन्छ र सर्दैन अनि सजिलोसँग परास्त हुन्छ भनेर । तर, यो पनि भ्रम भएको स्वास्थ्यकर्मी बताईरहेका छन् ।

३९ सीटी भ्यालु भएको अरु कुनै रोग नभएको मान्छे सङक्रमणले मृत्यु भएको उदाहरण पनि छ । १७ सीटी भ्यालु भएको मान्छेले सजिलै जितेको पनि छ ।अर्को कुरा ३४ सीटी भ्यालु भएको मान्छे बिदुर नगरपालिका भित्रकै मान्छेको ७२ दिन आईसोलेसनमा बसेर पनि अझै पोजेटिभ आईरहेको छ । अब सामान्य ठान्ने कि जटिल तपाईंको हातमा । मेरो अनुभबले कोरोना सामान्य हैन ।अति पिडा गराउ छ । मैले कामानागरी रहेको मलाई लाग्यो तर मलाई मार्न आउने शत्रुलाई पनि नलागोस् ।

अन्त्यमा
रिपोर्ट पोजेटिभ आए पछि फोन गरेर तनाब नगर्नु ठिक हुन्छ । आतिनु पर्दैन भन्दै सम्झाउने जिल्ला स्वास्थ्य कार्यलयको सूचना अधिकृत दाजु उत्तम खनाल, बिदुर नगरपालिकाको जनस्वास्थ्य निरिक्षक दाजु रामराजा भण्डारी, दाजु शिब देबकोटा, पत्रकार महासंघकोअध्यक्ष कपिलदेव खनाल, सचिब जगदीश खनाल, भाई श्रीकृष्णआचार्य, जिल्ला समन्वय समितिको संयोजक दाजु सन्तमान तामाङ, प्रलाहद केसी, राम ढकाल, गीता अधिकारी, कृष्णा आचार्य, बहिनी अनिता, ज्वाई पंकज, बहिनी तिलु, भाञ्जा बिनोद रिजाल, वडा अध्यक्ष लेनिन रंजित, दिनेश सिवाकोटी, माधब खरेललगायत सबैलाई हार्दिक धन्यबाद । तपाईंहरूको हौसला र आशिर्बादले पक्कै छिटो भन्दा छिटो कोरोना जित्न सक्छु । दैनिक र आवश्यक समय स्वास्थ्यपरामर्श दिने दाजु रामराजा भण्डारी प्रति नमन ।

(किरणप्रसाद अधिकारी प्रेस युनियन नुवाकोटका पूर्व अध्यक्ष हुनुहुन्छ)

सञ्चारकर्मी किरणको शीघ्र स्वास्थ्य लाभको कामना ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कोरोनादेखि आफू पनि बचौ, अरुलाई पनि बचाउ ।

यसमा तपाइको मत

अन्य समाचार