३१ सय ६७ जना कोरोना संक्रमित थपिए, १८ सय मुक्त

काठमाडौं,
कार्तिक १ ।

शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै कुल संक्रमितको संख्या कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको जानकारी दिनुभयो ।

सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । देशभर ३८ हजार ७३७ जना सक्रिय कोरोना संक्रमितमध्ये सबै भन्दा धेरै होम आइसोलेसनमा छन् । देशभर २५ हजार ४३८ जना संक्रमित होम आइसोलेसनमा छन् ।

थप एक हजार ८०० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको जम्मा संख्या ८९ हजार ८३७ पुगेको छ ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमितको संख्या पनि बढेको छ । शनिबार देशभर २९० जना आइसियु र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा एक हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना कोरोना संक्रमित थपिएका हुन् ।

थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार