बलराम, रामकृष्ण र अमृताको स्वरमा ‘दशैं राम्रो’ (भिडियोसहित)

काठमाडौं,
आश्विन २५ ।

‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बलराम श्रेष्ठको शब्द तथा सङ्गीत र मनोहर सुनामको एरेन्ज रहेको गीतको भिडियोलाई बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गर्नुभएको छ ।

भिडियोमा बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सुदिप श्रेष्ठ, मिलन रोयल राई, ममता श्रेष्ठ बाल कलाकार संरक्षक, रेश्मा परियारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार