थप २ हजार ७१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं,
आश्विन २५ ।

आइतबार थप दुई हजार ७१ कोरोना भाइरस (कोभिड–१९)का संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै कोरोना संक्रमितको कुल सख्या एक लाख ७ हजार ७५५ पुगेको जानकारी दिनुभयो । यस्तै देशभर आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ ।

थप एक हजार ५५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै आइतबारसम्म ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव तीन प्रतिशत छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै आइतबारसम्म ११ लाख ७६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना भने चार हजार ६१३ जना क्वारेन्टिनमा छन् । यस्तै देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने ३२९ जना आईसीयूमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा आइतबार १४१६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा एक हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै काठमाडौंमा कोरोना संक्रमित संख्या ३३ हजार ७०६ पुगेको छ । ललितपुरमा चार हजार ६४९ र भक्तपुरमा तीन हजार ४३४ कोरोना संक्रमित पुगेका छन् ।

यस्तै आइतबार उदयपुरमा १२, ओखलढुंगामा एक, झापामा एक, मोरङमा तीन, संखुवासभामा एक धुनषामा दुई, पर्सामा एक, बारामा ११, महोत्तरीमा १३, रौतहटमा चार, सप्तरीमा २८, सर्लाहीमा तीन, सिरहामा सात, काभ्रेमा चार, चितवनमा तीन, दोलखामा तीन, धादिङमा ६, नुवाकोटमा २५, मकवानपुरमा पाँच, रामेछापमा चार, सिन्धुपाल्चोकमा चार, कास्कीमा २४, गोरखामा २०, तनहुँमा एक, नवलपरासी पूर्वमा तीन, पर्वतमा एक, लमजुङमा नौ, बाग्लुङमा ३६, स्याङजामा दुई, अर्घाखाँचीमा ३४, कपिलवस्तुमा १०, गुल्मीमा चार, दाङमा ३२, नलवपरासीमा १३, पाल्पामा दुई, प्युठानमा तीन, बर्दियामा १०४, बाँकेमा २०, रुकुम पूर्वमा दुई, रोल्पामा एक, रुपन्देहीमा ९८, कालिकोटमा दुई, जुम्लामा एक, डोल्पामा तीन, दैलेखमा नौ, रुकुम पश्चिममा नौ, सल्यानमा दुई, सुर्खेतमा दुई, अछाममा एक, कञ्चनपुरमा १७, कैलालीमा ३६, डोटीमा १०, दार्चुलामा एक र बैतडीमा दुई जना कोरोना संक्रमित थपिएका छन् ।

एकै दिन थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६३६ पुगेको छ । ११ वटा जिल्लाका पाँच महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको आइतबार पुष्टि भएको हो । गत २४ घण्टामा काठमाडौंमा मात्र पाँच जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७, नुवाकोटमा ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै, चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार