काठमाडौं,
आश्विन २५ ।
दशैं नजिकै गर्दा गरिबको लागि समस्याको पहाड नै आईपर्छ । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘झुप्रो घरको दशैं…’ शीर्षक गीतको भिडियो नागबेली मिडियाले सार्वजनिक गरेको छ ।
पछिल्लो समय गायनको क्षेत्रमा चर्चा बटुली रहनुभएकी गायिका सुनिता खड्का र सूर्यमणी आचार्यको स्वर रहेको गीतको भिडियोका निर्देशक लक्ष्मण लम्सालले निर्देशन गर्नुभएको छ ।
गायक सूर्यमणी आचार्यकै शब्द, सङ्गीत रहेको गीतको भिडियोमा लक्ष्मण केसी, देव श्रेष्ठ, विमला भुजेल, आकृति खड्का, राजेन्द्र खड्का, सरस्वती उप्रेती, रवी कार्की, अशोक तामाङ, स्वस्था थापा, स्वभित देउजाको अभिनय रहेको छ ।






