दुर्गाको ‘काले केटा २’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन २४ ।

दुर्गा खरेलको स्वर रहेको नयाँ गीत ‘काले केटा २ म हिँड्दा खेरी’को भिडियो सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको सङ्गीत तथा एरेञ्ज र ध्रुवप्रसाद अम्गाईको शब्द छ । गायनमा दुर्गालाई प्रताप दासले साथ दिनुभएको छ ।

भिडियोमा पल शाह, आकाश श्रेष्ठ, पुजा शर्मा र शंकर शाही ठकुरी फिचर्ड हुनुहुन्छ । विधान कार्की निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा रंग संयोजन, सुरेन्द्र बसेलको कोरियोग्राफी, माधव शर्माको सहायक निर्देशन छ ।

यसअघि गायिका दुर्गाले नै गाएको गीत ‘काले केटा’ लोकप्रिय भएको थियो । भिडियो दी डिभाइन म्युजिकबाट सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार