उपासना ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर

काठमाडौं,
आश्विन २३ ।

लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अन्य बिधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदै आइरहेको छ । अष्ट्रेलियालगायतका मुलुकमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जित्दै आइरहेको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले अब नेपाली चलचित्र र गीत सङ्गीत क्षेत्रमा पनि आफ्नो सस्थाले आबद्दता बढाउँदै लैजाने जानकारी दिनुभयो ।

यसै क्रममा यतिबेला यूबा पुस्तामाझ लोकप्रिय अभिनेत्री उपासना सिंह ठकुरी अब ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडीनु भएको छ । यस सम्बन्धि सम्झौता पत्रमा उपासनाले सम्झौता गर्नुभएको छ । ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग उपासना ब्राण्ड एम्बेस्डरको रूपमा एक बर्षका लागि अनुबन्धित हुनुभएको छ । ‘अष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जितेको सस्थासँग जोडिन पाएकोमा खुशी लागेको छ’, उपासनाले भन्नुभयो ।

चलचित्र क्याप्टेन र कबड्डी कबड्डी कबड्डी मार्फत दर्शकको मन जित्न सफल उपासना सिंह ठकुरीले ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेका बिभिन्न कार्यक्रमहरूमा सहभागीता जनाउनुहुने छ ।

यसमा तपाइको मत

अन्य समाचार