काठमाडौं,
आश्विन २३ ।
सरिता भारती र हेम श्रेष्ठले स्वरमा रहेको दशैँ गीत ‘यसपालीको दशैं…’ सार्वजनिक भएको छ । हेमकै लय सङ्कलन तथा सङ्गीत, रामकृष्ण थापाको सङ्गीत संयोजना र डब्बु क्षेत्रीको शब्द रहेको काठे भाकामा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा गायिका सरिता भारतीसँग हेमको युगाल स्वर राम्रो सुनिएको छ । सोहीकारण यो गीतलाई अहिले दर्शकले रुचाएका छन् । बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली र उनीहरूका परिवारको पीडालाई यो गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताउनुभयो । गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गर्नुभएको हो । डब्बु क्षत्रीको यस अघि ६ दर्जन भन्दा बढी गीतहरू आईसकेका छन् ।
गीतको भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत हुनुभएको छ । सरिता अभिनेता श्रीदेब भट्टराईको जोडी यसमा सुहाएकोे छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठलगायतको पनि अभिनय छ । अभिनेता श्रीदेवले पनि काठे भाकाको दशैँ गीतमा पहिलो पटक अभिनय गरेको बताउनुभयो ।
अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई गोविन्द सोनीले मिक्सिङ गर्नुभएको छ । रामशरण उप्रेतीको छायाँकन रहेको भिडियोमा ललितसिं साउदको सम्पादन छ ।






