काठमाडौं,
आश्विन २१ ।
राजु परियार र शान्ता कार्कीको स्वरमा रहेको गीत ‘गाउँमै मनाउ दशैं तिहार…’ सार्वजनिक भएको छ । रिमेशकुमार थापाको लय सङ्गीत, जीवन प्याकुरेलको शब्द र विजय थापाको सङ्गीत संयोजन तथा कृष्ण बाजुरालीको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको भिडियोमा टीका जैसी, धुर्व हिमाली र दिनेश के.सी.को अभिनय रहेको छ । अमन बडुको छायाँकन रहेको गीतको भिडियोमा लक्ष्मन चौहानको सम्पादन छ ।
भिडियो निर्माण रिमेश कुमार थापाले गर्नुभएको हो । गीतको भिडियो डीएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।






