काठमाडौं,
आश्विन २० ।
ग्रामिण भेगका गरिब जनताको आँखाभरि आसुका धारा छन् । उहिरूलाई विहान साझँको छाक पनि कसरी टारौ भन्ने पिडाले दिनहँु सताइरहेको हुन्छ । उनीहरूसँग हृदय भरि पीडा र कष्टका व्यथाहरू पनि उत्तीकै छन् । अनि मुटुभरि गरिबी र दुःखका कथाहरू सङ्गालेर बाँचिरहेका छन् । सुखको अनुभती उनीहरूसँग छैन । उनीहरूलाई धन पैसा भन्नु पनि थाहा छैन, धनको खोजीमा होइन विहान साझँको छाक कसरी टार्ने भन्ने कुरामा पिरोलिरहेका छन् उनीहरू ।
दशैँ जस्ता चाड पर्व नजिकै गर्दा गरिबको आँगनमा बज्रिने बज्रपातको कल्पना गर्न पनि सकिन्न । यस्तै कथावस्तु समेटिएको मर्मश्पर्शी ‘गरिबी….’ शिर्षक गीतको भिडियो ह्वाइटपिंगन ईन्टरटेन्टमेन्ट मार्फत सार्वजनिक भएको छ ।
मित्र केसी, गरिमा घिमिरेको स्वर रहेको गीतको शब्द, सङ्गीत मित्र केसीकै रहेको छ । निमा रायको निर्देशन रहेको भिडियोमा राजकुमार महर्जन, सुयासी कार्की, प्रसंशा महर्जन, केशव आचार्य, रवीन वस्याल, प्रकृति प्रश्नाको जिवन्त अभिनय रहेको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कुष्ट बनेको छ । ‘हामी सबैले मिलेर सन्देशमुलक गीतको भिडियो स्रोता, दर्शकमाझ ल्याएका छौ, सबैले मायाँ गरिदिनुहुेनेमा आशावादी छौं’, निर्माता राजकुमार महर्जनले भन्नुभयो ।






