थप २ हजार १२० जनामा कोरोना संक्रमण

काठमाडौं,
आश्विन १७ ।

शनिबार २ हजार १२० कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको जानकारी दिनुभयो । यस्तै संक्रमण निको हुनेको संख्या ६२ हजार ७४० पुगेको पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनाको पिसिआर परीक्षण गरिएकोे छ । शनिबारसम्म देशभर २१ हजार ३०२ जना संक्रिय संक्रमित रहेका छन् भने चार हजार २७३ जना क्वारेन्टिनमा छन् ।

काठमाडौं उपत्यकामा शनिबार थप १ हजार १७७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै शनिबार उदयपुरमा सात, ओखलढुंगामा चार, खोटाङमा पाँच, झापामा नौ, धनकुटामा एक, मोरङमा १११, संखुवासभामा तीन, सुनसरीमा १२२, धुनषामा १३, पर्सामा १८, बारामा २५, महोत्तरीमा पाँच, रौतहटमा ८२, सप्तरीमा १९, सर्लाहीमा पाँच, सिरहामा आठ, काभ्रेमा १४, चितवनमा ७५, दोलखामा चार, धादिङमा आठ, नुवाकोटमा आठ, भक्तपुरमा ६७, मकवानपुरमा १२, रामेछापमा ६, सिन्धुलीमा ६, सिन्धुपाल्चोकमा दुई, कास्कीमा २२, गोरखामा ६, तनहुँमा १०, नवलपरासी पूर्वमा आठ, पर्वतमा एक, म्याग्दीमा एक, लमजुङमा तीन, बाग्लुङमा एक, स्याङजामा दुई, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा ६, गुल्मीमा दुई, दाङमा चार, नलवपरासीमा ६, पाल्पामा सात, प्युठानमा ६, बर्दियामा १०, बाँकेमा १९, रोल्पामा एक, रुपन्देहीमा ९८, कालिकोटमा एक, दैलेखमा नौ, सुर्खेतमा ४३, कञ्चनपुरमा पाँच, कैलालीमा ९३, डडेल्धुरामा दुई, दार्चुलामा एक, बझाङमा एक र बाजुरामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५२८ पुगेको छ । सात वटा जिल्लाका दुई महिला र ६ पुरुष गरी आठ जनाको मृत्यु भएको छ । शनिबार सुनसरीमा २८ वर्षीया महिला, ललितपुरमा ८३ र ६८, सिन्धुपाल्चोकमा ४१, दोलखामा ६५ वर्षीय पुरुष, चितवनमा ७६ वर्षीया महिला र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको हो ।

यसअघि शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।

यसमा तपाइको मत

अन्य समाचार