उपत्यकामा एक हजार ६ सय ३८ सहित एकै दिन थपिए २ हजार ७ सय २२ संक्रमित, ३३ सय डिस्चार्ज

काठमाडौं,
आश्विन १६

शुक्रबार दुई हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एकैदिन देखिएको सबैभन्दा बढी संक्रमित हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको जानकारी दिनुभयो । डा. गौतमले १४ हजार ७३९ जनाको पिसिआर परिक्षणमा २७२२ जनालाई संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

यस्तै शुक्रबार ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ । ७३ दशमलव ६ प्रतिशत संक्रमित हालसम्म डिस्चार्ज भएका छन् । देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन् । हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो । काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ । काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन् ।

यस्तै शुक्रबार उदयपुरमा दुई, खोटाङमा एक, झापामा २३, ताप्लेजुङमा एक, तेह्रथुममा दुई, मोरङमा १५०, संखुवासभामा एक, सुनसरीमा २३, धुनषामा पाँच, पर्सामा २४, बारामा १४, महोत्तरीमा ६, रौतहटमा चार, सप्तरीमा १५, सर्लाहीमा ६, सिरहामा २२, काभ्रेमा २३, चितवनमा ८३, दोलखामा दुई, धादिङमा २३, नुवाकोटमा ११, मकवानपुरमा ५५, रामेछापमा तीन, सिन्धुलीमा १३, सिन्धुपाल्चोकमा १०, कास्कीमा १३, गोरखामा चार, तनहुँमा सात, नवलपरासी पूर्वमा १६, पर्वतमा एक, म्याग्दीमा तीन, लमजुङमा १४, बाग्लुङमा १२, स्याङजामा दुई, अर्घाखाँचीमा १०, कपिलवस्तुमा सात, गुल्मीमा २६, दाङमा २८, नलवपरासीमा २३, पाल्पामा ११, प्युठानमा ११, बर्दियामा दुई, बाँकेमा ७०, रोल्पामा दुई रुपन्देहीमा ९२, कालिकोटमा तीन, जुम्लामा ६, दैलेखमा १०, सुर्खेतमा १२२, अछाममा आठ, कञ्चनपुरमा सात, कैलालीमा १३, डोटीमा आठ, दार्चुलामा १५, बझाङमा पाँच, बाजुरामा एक र बैतडीमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५२० पुगेको छ । आठ वटा जिल्लाका चर महिला र सात पुरुष गरी ११ जनाको मृत्यु भएकोे छ । मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ र ५१, काठमाडौंमा ६७ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसअघि बिहीबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

यसमा तपाइको मत

अन्य समाचार