काठमाडौं,
आश्विन १४ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै हाल बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको र देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको जनाएको छ ।
आज दिउँसो प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का बर्षा हुने त्यस्तै बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. ५ मा सामान्य बदली रही हल्का बर्ष हुने र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।






