उपत्यकामा ९ सय ३४ सहित थपिए १ हजार ५ सय १३ सङ्क्रमित

काठमाडौं,
आश्विन १३ ।

मंगलबार उपत्यकामा ९ सय ३४ सङ्क्रमित उपत्यकामा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसहित उपत्यकामा कुल सङ्क्रमितको संख्या २३ हजार २ सय ६४ पुगेको जानकारी दिनुभयो । मंगलबार काठमाडौं ७ सय ४७, ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १८ हजार ८ सय ७७, ललितपुरमा दुई हजार ३ सय ४६ र भक्तपुरमा दुई हजार ३७ संक्रमित पुगेका छन् ।

मंगलबार देशभर थप एक हजार ५ सय १३ कोरोना भाइरस (कोभिड-१९)का संक्रमित फेला परेका छन् । योसहित कुल सङ्क्रमितको संङ्ख्या ७६ हजार २ सय ५८ पुगेको छ । यस्तै देशभर मंगलबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३ सय ९६ छ ।

मंगलबार थप ७ सय ३१ जना कोरोना सङ्क्रमित निको भएको पुष्टि भएको छ । योसँगै हालसम्म ५५ हजार ३ सय ७१ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा मंगलबारसम्म १० लाख नौ हजार २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ६ सय ८९ जना र होम आइसोलेसनमा १० हजार ७ सय ७ जना छन् भने ३४ जना कोरोना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ र २ सय १३ जनालाई आईसीयूमा उपचारत छन् ।

यस्तै मंगलबार इलाममा एक, उदयपुरमा दुई, ओखलढुंगामा एक, झापामा नौ, तेह्रथुममा दुई, भोजपुर एक, मोरङमा १ सय १, सुनसरीमा ३२, धुनषामा १०, पर्सामा २३, बारामा चार, महोत्तरीमा दुई, सप्तरीमा पाँच, सर्लाहीमा ६, सिरहामा आठ, काभ्रेमा १३, चितवनमा ६२, धादिङमा चार, नुवाकोटमा चार, मकवानपुरमा ६, रामेछापमा एक, सिन्धुलीमा तीन, सिन्धुपाल्चोकमा एक, कास्कीमा १६, गोरखामा दुई, तनहुँमा १७, नवलपरासी पूर्वमा १५, स्याङजामा दुई, कपिलवस्तुमा १ सय १८, गुल्मीमा दुई, दाङमा ११, नलवपरासीमा पाँच, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१ ,रोल्पामा एक, रुपन्देहीमा ९५, रुकुम पश्चिममा एक, कञ्चनपुरमा आठ, कैलालीमा २७, डडेल्धुरामा एक, डोटीमा एक र बैतडीमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट थप दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र सात पुरुष छन् । मोरङका ६८ वर्षीय पुरुष, सर्लाहीकी ७२ वर्षीया महिला, महोत्तरीका ५८ पुरुष, काठमाडौंकी ५७ वर्षीया महिला तथा ६० र ७० वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष र बाँकेकी ७६ वर्षीया महिला तथा ५३ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मंगलबार पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९१ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार