बाल गायिका रबिनाको स्वरमा दशैं गीत ‘मेरो बाबा…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन ११

बाल गायिका रबिना बसेलको स्वरमा दशैं गीत ‘मेरो बाबा…’ सार्वजनिक भएको छ । गीतकार अम्बीका गुरुङको शब्द, राजन कार्कीको सङ्गीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको प्राबिधिक कार्य धुन कला केन्द्रबाट रेकर्डिङ भएको छ भने गोबिन्द सोनीले मिक्सीङ गर्नुभएको छ ।

गीतको आकर्षक भिडीयो पनि तयार गरिएको छ । गीतमा टिकटकमा चर्चीत रहेकी एवम् म्युजीक भिडीयोमा जम्दै गरेकी बाल कलाकार अकेशा पोखरेलले प्रमुख अभिनय गर्नुभएको छ । त्यसैगरी रोवीन पोखरेल एवम् ऋचा थापाले यस भिडीयोमा अभिनय गर्नुभएको छ । मञ्जु बञ्जाडेले निर्देशन गर्नुभएको यो गीतको भिडियो भवसागर इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार