✍️ पेशल आचार्य, रामेछाप/मन्थली
काठमाडौं,
आश्विन १० ।
राम्रा लाग्नलाई
सबै कुरा
राम्रा नै हुनु पर्दैन,
मात्र हेर्ने आँखा
विचार्ने मन
तौलने मुटु
र परख गर्ने दिमाग
तटस्थ हुनु पर्छ,
बस् अनि त
संसारका सबै चिज
राम्रा औ मालामाल लाग्छन्
र जँच्छन् अब्बल पनि ।






