शुक्रबार १३ सय १३ जना नयाँ सङ्क्रमित थपिए १४ सय ५५ डिस्चार्ज

काठमाडौं
आश्विन ९ ।

शुक्रबार कोरोना भाइरस (कोभिड-१९) का थप एक हजार ३ सय १३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ८९ छ ।

शुक्रबार थप एक हजार ४ सय ५५ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै हालसम्म ५१ हजार ८ सय ६६ जना डिस्चार्ज भएका छन् । नेपालमा डिस्चार्ज हुने दर ७३ दशमलव चार प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरूमा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म नौ लाख ६५ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन आठ हजार २ सय ३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना छन् । शुक्रबारसम्म देशभर ६ हजार ४ सय ६४ जना क्वारेन्टिनमा छन् । यस्तै देशभर ३९ कोरोना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहको भने २ सय २७ जना आइसियुमा छन् ।

काठमाडौं उपत्यकामा शुक्रबार थप ६ सय ४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौंमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या १९ हजार ९ सय ७४ पुगेको छ । काठमाडौंमा १६ हजार २ सय ६७ ललितपुरमा एक हजार ९ सय १७ र भक्तपुरमा एक हजार ७ सय ९० सङ्क्रमित पुगेका छन् ।

यस्तै खोटाङमा तीन, झापामा १४, ताप्लेजुङ र तेह्रथुममा एक÷एक, मोरङमा ६९, सुनसरीमा २८, धुनषामा ११, पर्सामा १५, बारामा १०, महोत्तरीमा ५५, रौतहटमा एक, सप्तरीमा तीन, सर्लाहीमा ३९, सिरहामा १३, काभ्रेमा सात, चितवनमा ६७, दोलखामा एक, धादिङमा चार, नुवाकोटमा तीन, मकवानपुरमा नौ, रामेछापमा चार, सिन्धुपाल्चोकमा दुई, सिन्धुलीमा दुई, कास्कीमा १९, गोरखामा १६, तनहुँमा १७, नवलपरासी पूर्वमा २४, लमजुङमा पाँच, बाग्लुङमा आठ, स्याङजामा चार, अर्घाखाँचीमा चार, कपिलवस्तुमा ६, गुल्मीमा तीन, दाङमा नौ, नलवपरासीमा दुई, पाल्पामा ६, प्युठानमा १३, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा ६१, दैलेखमा एक, सल्यानमा १४, सुर्खेतमा नौ, अछाममा २५, कञ्चनपुरमा एक, कैलालीमा ६, डोटीमा दुई, दार्चुलामा एक, बझाङमा २५, जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ५९ पुगेको छ । पाँच वटा जिल्लाका तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको छ । मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ वर्षीया महिला र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको शुक्रबार पुष्टि भएको हो ।
यसअघि बिहीबार १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा कुल सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार