काठमाडौं,
आश्विन ८ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबाररको मौसम पूवानुमान जारी गर्दै आज पनि देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भू-भागमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र उत्तर-पूर्व सर्दै गरेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १-२ स्थानमा अति भारी वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रसबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १-२ स्थानमा अति भारी वर्षाकोसमेत संभावना रहेको मशाखाले जनाएको छ ।
यस्तै, आज राती देशभर सामान्यदेखि पुर्णतया बदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं. ५ का १-२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।






